समुद्रबाट माइक्रोप्लाष्टिक हटाउन रोबोट-माछा

Read Time = 2 mins

बेइजिङ । वैज्ञानिकहरूले समुद्रबाट माइक्रोप्लास्टिक हटाउन एउटा सानो रोबोट–माछा डिजाइन गरेका छन् । १३ मिमी-लामो माछा वरिपरि पौडी खेल्छ र उसले शरीरमा माइक्रोप्लास्टिक्स सोस्छ । नरम र लचिलो यस माछाको विशेषता हो । पुच्छरमा हल्का लेजर प्रणालीको सहयोगले माछा पौडी खेल्न र लगभग ३० एमएम प्रति सेकेन्डमा फटफट गर्न सक्छ । उक्त रोबोट माछा समुद्रमा उपलब्ध मदर-अफ-पर्ल वा नेक्रेजस्ता तत्वहरूबाट सिर्जना गरिएको हो ।

पाँच किलोग्रामको यो माछाले विश्वमा बिग्रँदै गएको साना प्लास्टिकजन्य समस्या समाधान गर्न मद्दत गर्ने विज्ञहरूले आशा गरेका छन् । ‘जलीय वातावरणबाट हानिकारक माइक्रोप्लास्टिक संकलन रोबोट विकास गर्नु ठूलो महत्वको विषय हो’, सिचुआन विश्वविद्यालयको पोलिमर अनुसन्धान संस्थानका शोधकर्ता युयान वाङ भन्नुहुनछ । वाङ उक्त अध्ययन टोलीका नेता हुनुहुन्छ । उक्त अध्ययन नानो लेटर्समा प्रकाशित छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?