राजेन्द्रको निर्देशनमा ‘सुगर फ्री…’

Read Time = 1 min

काठमाडौं । संगीतकार राजेन्द्र बजगाईंको निर्देशनमा रहेको गीत ‘सुगर फ्री...’ को भिडियो सार्वजनिक भएको छ । अम्बिका थापा निर्मित गीतको भिडियो त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको हो । राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको स्वर रहेको गीतमा बजगाईकै संगीत तथा संगीत संयोजन छ ।

मनोज परियारको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियोमा सागर लम्साल, अञ्जलि अधिकारी र श्रीदेव भट्टराईको अभिनय छ । नवराज उप्रेतीको छायांकन, विमला तमाङको मेकअप, दीपक सिंहको कोरियोग्रफी, विकास ज्ञवालीको सम्पादन रहेको छ सार्वजनिक भिडियोमा ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?