काठमाडौं । अभिनेत्री दीया पुनले गत जेठ १३ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभयो । उहाले ८,८४८.८६ मिटर उचाइको सगरमाथा आरोहण गरेसँगै सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री बन्नुभयो ।
दीयाको अनुहार हिउँले खाएको छ । ग्ल्यामर क्षेत्रमा अभिनेत्रीहरूले अनुहारलाई विशेष ध्यान दिनुपर्छ तर दीयाको अनुहार अहिले पहिलेको जस्तो छैन । त्यसका लागि पहिलेकै अवस्थामा फर्काउन आफूले प्रयास गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘अब हिउँले खाएको फेसलाई पहिलेकै रूपमा फर्काउने प्रयास गर्छु ।’ दीयालाई नयाँ चलचित्र ‘अन्तिम संस्कार’ छायांकनअघि पुरानै स्वरूपमा अनुहारको काया फर्काउनुपर्नेछ ।
हिमाल चढेपछिको सेल्फी पोष्ट गर्दै दीयाले लेख्नुभएको छ, ‘निन्द्रा, पानी, आँधी र घाममा खुलेपछि आँखा राता भएका छन् । छाला राता र सुख्खा भएका छन् । क्याम्प–२ भन्दामाथि लागेपछि मैले आँखा र छालालाई जोगाउन भरपुर प्रयास गरें । मैले अन्तिमपटक कहिले नुहाएकी थिएँ, गन्नै बिर्सिएँ । यी सबै कठिनाइको बाबजुद पनि तपाईंले जब मेरो आँखामा हेर्नुहुन्छ, म हिमाल चढ्नुको आनन्द महसुस गर्नुहुन्छ ।’ दीया अभिनित चलचित्र ‘मन्त्र’ जेठमै रिलिज भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका