काठमाडौं । पछिल्लो दुई वर्षदेखि एकर्आलाई डेट गरिरहेका एक जोडीले आफूहरूले डीएनए परीक्षण गराउन चाहेको सामाजिक संजालमार्फत उल्लेख गरेका छन् । उनीहरू दुबै जना टिकटक स्टार हुन र समलिंगि पनि ।
उनीहरूको नाम कार्ली र मर्सिडीज हो । उनीहरूले दुई बर्षपछि आफूहरू दुबै जना दिदिबहिनी भएको आशंका गरेका छन् । उनीहरूले आमा फरक भएपनि बाबु भने एउटै भएको आशंका व्यक्त गरेका हुन् । उनीहरूको अनुहार पनि लगभग मिल्दोजुल्दो छ ।
यी समलिंगि जोडीले आफ्नो कथा सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
यो जोडीको आधा मिलियन भन्दा बढी फलोअर्स छन्। हालै उनीहरूले एउटा भिडियो शेयर गरेका छन्, जसमा उनीहरूले आफूहरूले डीएनए परीक्षण गराउन चाहेको भन्दै आफ्ना फ्यानहरूलाई चकित पारेका छन् ।
डेली स्टारको रिपोर्टअनुसार कार्ली र मर्सिडिजले आफ्ना आमाहरू एउटै व्यक्तिसँग सम्बन्धमा रहेको खुलासा गरेका छन् ।
यस्तो अवस्थामा उनीहरूले आफूहरू दिदीबहिनी भएको आशंका गरेका हुन् । तर, यो कुरा उनीहरूलाई डेट गरेपछि मात्र थाहा भएको बताएका छन् । त्यसैले उनीहरू अब डीएनए परीक्षण गरेर वास्तविकता जान्न चाहन्छन् ।
कार्ली र मर्सिडीजको टिकटक भिडियोलाई ५० लाखभन्दा बढीले हेरेका छन् । भिडियोमा दुवैले घटनालाई हास्यास्पद र अनौठो भनेका छन् ।
उनीहरू भन्छन्, उनीहरूका बुबा साँच्चै एउटै व्यक्ति हुन् भनेर पत्ता लगाउन डीएनए परीक्षण आवश्यक छ।
यस भिडियोमा, उनीहरूलाई फ्यानहरूले पनि प्रश्न गरेका छन् । यदी तिमीहरू दिदिबहिनी निस्कियौं भने अब के गर्छौं ?
उनीहरूले भने हामी साँच्चै रिलेशनशिपमा छौं, यदी त्यसो भयो भने अब सँगै बस्नु गलत हुन्छ ।
- एजेन्सीको सहयोगमा
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका