स्वर्गीय शाहको सम्झनामा फोटो प्रदर्शनी

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य-सचिव स्वर्गीय शरदचन्द्र शाहको सम्झनामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । शाहले नेपाली खेलकुदको विकास र विस्तारमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनले योगदान समेटिएका फोटो प्रदर्शनी आयोजना गरेको हो ।

फाउन्डेसनले नेपाल स्पोर्ट्स फर अल कमिसनसँगको सहकार्यमा नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ द डाउन अफ अ न्यू इरा इन नेपाल्स स्पोर्टस् नामक फोटो प्रदर्शनी सुरु गरेको हो । ओलम्पिक डे २०२२ को अवसरमा बिहीबार सुरु भएको प्रदर्शनी पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

खासगरी युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै उनीहरूलाई यसको महत्व झल्काउन सहयोग पुर्‍याउने प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । प्रदर्शनी एक वर्षभित्रमा देशका सातै प्रदेशमा आयोजना गरिने आयोजकले जनाएको छ । स्वर्गीय शाह २०३४ देखि एक दशकसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिव तथा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहनुभएको थियो ।

ओलम्पिक काउन्सिल अफ एसियाको उपाध्यक्षसमेत बन्नुभएका शाहकै नेतृत्वमा राष्ट्रिय खेलकुद प्रतियोगिता तथा दक्षिण एसियाली खेलकुदको सुरुवात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?