सेञ्चुरीको शाखा असनमा पनि

Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौं नगरपालिका २५ स्थित असन बजारमा शाखा स्थापना गरेको छ । बैंकका सञ्चालक समिति सदस्य प्राडा गीता प्रधान र असन वडा २५ का वडाध्यक्ष राजेश डंगोलले बिहीबार उक्त शाखाको संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीको उपस्थिति रहेको थियो । असन शाखासँगै उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको छ । २०७८ चैतसम्ममा बैंक ९२ अर्ब ९६ करोड निक्षेप संकलन र ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी एक अर्ब एक करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?