नेपाल एयरलाइन्सको महाप्रबन्धकमा ज्वारचन

Read Time = 1 min

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असार ६ गतेको निर्णयअनुसार उहाँलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

ज्वारचनले बिहीबार पदभार ग्रहण गर्दै सबैबाट पूर्ण सहयोग पाउने अपेक्षाका साथै समग्रतामा सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना र सोका लागि रणनीति एवं कार्ययोजना बनाई सबैलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?