ग्राहकको रोजाइअनुसार ग्लोबलको डेबिट कार्ड सुविधा

Read Time = 1 min

काठमाडौं । मेरो आफ्नै डेबिट कार्ड भन्ने अभियानका साथ ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई ग्राहकको आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो ।

योजनाअन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइटमार्फत् अनलाइनबाट आवेदन दिनुपर्नेछ । कार्ड प्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइनअनुसारको कार्डलाई भर्चुअलरूपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकसँग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पसमेत उपलब्ध हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?