ग्राहकको रोजाइअनुसार ग्लोबलको डेबिट कार्ड सुविधा, गोदरेजका मेडिकल रेफ्रिजेरेटर

Read Time = 2 mins

काठमाडौं । ६४ वर्षको इतिहास बोकेको भारतीय रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटर ल्याएको छ । मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको माग सम्बोधन गर्दै भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रिजर रेफ्रिजेरेटर ल्याएको हो ।

कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटर स्योरचिल प्रविधिमा आधारित छन्, जसले रेफ्रिजेरेटरको तापक्रमलाई दुई डिग्रीदेखि आठ डिग्रीमा स्थिर राख्छ । डब्लुएचओ पिक्युएस प्री क्वालिफाइड यी रेफ्रिजेरेटरको होल्डओभर टाइम तीनदेखि चार दिनसम्मका रहेका छन् भने ४७ देखि दुई सय ७६ लिटरसम्म क्षमतामा उपलब्ध रहेका छन् ।

ब्लड ब्याग, आरबिसी, ब्लड स्याम्पल आदि राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटर हर्मिटिकल्ली सिल्ड कुलिङ टेक्नोलोजीमा आधारित रहेकाले रेफ्रिजेरेटरको तापक्रमलाई दुई डिग्रीदेखी छ डिग्रीमा स्थिर राख्ने कम्पनीको दाबी छ । उल्लेखित रेफ्रिजेरेटरमा दुई वर्षको वारेन्टी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?