-निरोज कोइराला
भोजपुर । शिक्षकलाई सरुवा प्रकृयाको सन्दर्भमा शिक्षा शाखा प्रमुखले कुटपिट गरेको भन्दै नेपाल शिक्षक महासंघ अरुण गाउँपालिकाले दोषीमाथि कारवाहीको माग गरेको छ ।
भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ पाल्पाले, जरायोटारमा रहेको महेन्द्रोदय माविका शिक्षक रञ्जनकुमार यादवलाई सरुवा प्रकृयाको लागि व्यक्तिगत विवरण माग गर्ने क्रममा अरुण गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम कुमार राईले कुटपिट गरेको भन्दै महासंघले कारबाहीको माग गरेको हो ।
घटनाका बिषयमा नेपाल शिक्षक महासंघ अरुण गाउँ समितिले विज्ञप्तीसमेत सार्वजनिक गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कुकृत्य प्रती आपत्ति प्रकट गर्दै कारबाहीको लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’
महासंघले दोषी शाखा प्रमुख राईलाई सार्वजनिकरुपमा माफी मगाई कानुनी कारबाही गर्न, पीडित शिक्षकलाई यथाशीघ्र उपचारको व्यवस्थापन र न्यायको प्रक्रिया बढाउन, राईलाई गाउँपालिकाको कुनै पनि शाखामा जिम्मेवारी नदिन र रिक्त शाखामा शिक्षा अधिकृतको व्यवस्था गर्न मागसमेत गरेको छ ।
उल्लेखित मागहरू यथाशीघ्र पूरा नगरिए थप संघर्षको कार्यक्रम अघि बढाउन नेपाल शिक्षक महासंघ अरुण गाउँ समिति बाध्य हुने जारी विज्ञप्तीमा भनिएको छ ।
महासंघका अध्यक्ष शिवहरी खड्का र सचिव हरीकुमार मगरले निकालेको बिज्ञप्तीमा शुक्रबार अरुण गाउँपालिका अन्तर्गतका सबै विद्यालयमा पठनपाठन बन्द रहने समेत उल्लेख गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच