ओपो ए १६ के नेपाली बजारमा

Read Time = 1 min

काठमाडौं । ओपो ए १६ के तीन जिबी र्‍याम प्लस ३२ जिबी रोम र चार जिबी ¥याम प्लस ६४ जिबी रोम, लार्ज मेमोरी र स्टोरेजसाथ नेपाली बजारमा आएको छ । तीन जिबी भेरियन्टको मूल्य १५ हजार नौ सय ९० र चार जिबी भेरियन्टको १७ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

फोनको रियर क्यामेरामा कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजलसहित तीन नयाँ नाइट फिल्टर सुविधा थप गरिएको छ । जसमा फाइभ एक्स डिजिटल जुमका साथ १३ एमपी फ्रन्ट क्यामेरा रहेको छ । ओपो ए १६ के कोे मुनलाइट डिस्प्ले, सनलाइट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइटले दिनभरि प्रयोगकर्ताको आँखाको ख्याल राख्नुका साथै स्क्रिन पुल डाउन गरी एप आइकन छेउमा राख्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?