धनगढी र सुर्खेतमा अन्तरक्रिया गर्दै राप्रपा नेपाल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ।

प्रदेशका राजधानीहरूमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि हेटौंडा, विराटनगर, जनकपुर, बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भइसकेका राप्रपा नेपालले जनाएको छ।

यही असार ११ गते सुदूरपश्चिम प्रदेशस्तरिय कार्यक्रम धनगढीमा र १६ गते सुर्खेतमा कर्णाली प्रदेशस्तरी गरिने बताइएको छ।

कार्यक्रमका लागि राप्रपाका महामन्त्री राजाराम बर्तौला धनगढी पुगिसक्नुभएको छ । बर्तौलाका अनुसार सबै वर्ग, क्षेत्र, समुदायका व्यक्तिहरूसँग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नु हुनेछ ।

प्रदेशभित्रका जिल्लाका अध्यक्षसहित प्रतिनिधिहरूको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ । जहाँ थापाले प्रशिक्षण समेत दिननुहुने बताइएको छ ।

यसअघि हेटौंडा, विराटनगर, जनकपुर, बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?