काठमाडौं । काठमाडौंमा सात जनामा हैजाको संक्रमण भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टी गरेको छ।
हैजा फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुन र पानी उमालेर मात्र पिउन तथा बासी सडेगलेका खाना नखान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
गत हप्ताको बिहीबार चटपटे खाएपछि विरामी परेका बागवजारका दुई दिदी बहिनीमा आइतबार पहिलोपटक हैजा भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हैजाबाट संक्रमित पाँच जनाको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।
टेकु अस्पतालकी निर्देशक मनिषा रावलले उच्च मृत्युदर रहेको हैजाको विरामी बढ्दै गएकाले खानपानमा ध्यान दिनु पर्ने, पानी उमालेर मात्र खान र व्यतिगत सरसफाइमा बिषेश ध्यान दिन सुझाव दिनुभयो ।
हैजा पनि झाडापखला जस्तै हुने भएपनि चौलानी जस्तै पातालो दिशा लगातार भएमा र मांशापेशी दुखेमा तत्काल अस्पताल जान पनि निर्देशक रावलले आग्रह गर्नुभयो ।
काठमाडौंको बागवजारमा पहिलोपटक हैजा देखिए पनि हाल कपन, बालाजु, बोहोराटार, बल्खु, सानेपा, डिल्लीबजारका विरामीमा हैजा पुष्टी भैसकेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :