सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन खुला

Read Time = 1 min

काठमाडौं । सिद्धार्थ बैंकले आज चार अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गरेको हो ।

यसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

योमध्ये ८० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सिद्धार्थले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०।७५५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ । यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ । सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २४ गतेसम्म खुला रहनेछ ।

न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?