नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २२ करोड २३ हजार रुपैयाँको बजेट

हिमालय टाइम्स
Read Time = 5 mins

बाबुराम श्रेष्ठ
धादिङ : धादिङको नीलकण्ठ नगरपालिकाको प्रथम अधिवेशन तथा दोस्रो नगर सभा सम्पन्न भएको छ । नगर सभाले आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ ।

दोस्रो नगरसभामा उपप्रमुख दीपक विश्वकर्माले चालू खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार तथा पुँजीगत खर्चतर्फ ४६ करोड १२ लाख १७ हजार विनियोजन गर्नु भएको छ । आर्थिक क्षेत्रमा ८ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । नगरसभाले आगामी आर्थिक वर्षका लागि कृषि, स्थानीय उत्पादन, उद्योग वाणिज्य, संस्कृति तथा पर्यटन, सहकारी, सामाजिक विकास, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रलगायतका शीर्षकमा बजेट विनियोजन गरेको हो ।

कृषिमा सीप, प्रविधि र पुँजी सहितको आत्मनिर्भर, किसानका लागि स्थानीय सरकार भन्ने मूल मर्मका साथ पाँच करोड २९ लाख बजेट विनियोजन गरिएको छ । कृषि क्षेत्रलाई यान्त्रिकीकरण तथा विकाससहित उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याइएको छ । नगरवासीको प्रेसर, सुगर, ब्लडगु्रप छुट्टाउने, होलबडी चेकअप जस्ता स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य स्वंयसेविकालाई प्रोत्साहन भत्ताबापत मासिक एक हजार दिने व्यवस्था मिलाइएको छ ।

समग्र उद्योग तथा लघु विकासका लागि एक करोड ४७ लाख, संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि एक करोड ३० लाख, समग्र सहकारी विकास कार्यक्रमका लागि ३० लाख, स्वास्थ्य क्षेत्रमा सात करोड ६४ लाख, शिक्षा क्षेत्रको समग्र विकासका लागि संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त कार्यक्रममा नगरपालिकाले पाँच करोड ५० लाख थप गरी ३९ करोड ४३ लाख विनियोजन गरेको छ ।

दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि एक करोड ५० लाख विनियोजन गरिएको छ । दलित तथा विपन्न बालबालिकाको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न २५ लाख रकम विनियोजन गरेको छ । युवा तथा खेलकुदका लागि २५ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणअन्तर्गत वर्ग उत्थानका लागि ५६ लाख, दलित समुदाय उत्थान कार्यक्रमका लागि २६ लाख, ज्येष्ठ नागरिक तथा अपांगता भएकाका लागि २४ लाख विनियोजन गरेको छ ।

पूर्वाधार विकास अन्तर्गत सबै वडामा कालोपत्रे सडक पुर्‍याउन ३० करोड ३७ लाख, सडक मर्मतसम्भार कोष सुरुका लागि ६० लाख, थोपल खोला करिडोरका लागि एक करोड, नवप्रवर्धनात्मक साझेदारी कोष मार्फत दुई करोड १५ लाख, नगर चक्रपथ स्तरोन्नति तथा सुदृढीकरणका लागि एक करोड, सडक पुल भवन तथा सिँचाइका लागि २० करोड ९६ लाख, अन्य सरकार तथा संस्थाहरूसँग समपूरक कार्यक्रम सञ्चालनका लागि चार करोड ६८ लाख, कार्यालयको पूर्वाधार दुई करोड समेत पूर्वाधार विकासतर्फ २७ करोड ६४ लाख विनियोजन गरेको छ ।

नीलकण्ठ नगरपालिकाको मेयर भीमप्रसाद ढुंगानाले एक वडा एक गौरवको योजना सञ्चालन गर्ने, फोहोर व्यवस्थापन गर्न ४६ करोडको खानेपानी आयोजना पूरा गरी तिर्खामुक्त नगर बनाउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?