जुम्ला सदरमुकामका ठुला डिलरमै भेटिन्छन अखाद्य वस्तु, अनुगमन हुन्छ कारवाही हुदैन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

-विजय रावत
जुम्ला । जुम्लाको सदरमुकाममा रहेको खलंगा बजारका ठुला ब्यापारिका डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती भेटिएका छन् । सम्बन्धि निकाय धेरै जसो बजार अनुगमन गर्छ तर कारवाही गर्दैन । जिल्लाका ग्रामिण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिने गरेको थियो । सदरमुकाममा संचालनमा रहेका केही ठुला गोदाम अनुगमन गर्दै म्याद गुज्रेका सामान तथा अखाद्य वस्तुहरु भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला, उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यलयको संयुक्त आयोजनामा भएको बजार अनुगमनका क्रममा अखाद्य वस्तुहरु फेला पारिएको हो ।

यस अघि पसल अनुगमन गर्दै आएको जिल्ला अनुगमन समितिले पहिलो पटक डिलर र फेन्सि पसल अनुगमन थालेको छ । अनुगमन समितिले रबि जनरल स्टोर र लुम्बिनी टेड्रर्सको अनुगमन गरेको हो ।

जुम्लामा खाद्य तथा खुद्राको ब्यवसायको ब्राण्ड मानिएको लुम्बिनी टेड्रर्सको डिलरमा म्याद गएका सामान भेटिएका छन । सदरमुकाम खलंगाका ठूला व्यापारीले नै मिति सकिएको र दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको पाइए पछि यस पटक डिलर अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताउनुभयो । उहाँका अनुसार धेरैको पसलमा मूल्य सूचि नभेटिएको, एउटा फर्म दर्ता गरेर धेरै मिसावट बिक्री वितरण गरिएको जस्ता कैफियत पाइने गरेको छ ।

त्यस्तै लुम्बिनी टेड्रर्र्सको डिलरमा बिकानो बिस्कुट- रु ३००००, गोल्डेन बिस्कुट - रु १०००, कुकिज- रु १०००, ललिपप -रु ३००, रक्कि चक्कि मिठाई - रु ५००, अधुरी बिस्कुट - रु ५००,  कफी चक्लेट - रु १९०० गरी जम्मा - ३५,२०० बराबरको म्याद गुज्रिएको अखाद्य वस्तु नियन्त्रण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा. ईश्वरी सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोली अनुगमनमा निस्किएको हो ।

डाक्टर सुवेदीका अनुसार यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् । मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक-फरक रहेको उपभोक्ताको गुनासो छ । जुम्लाका गोदाममै मिति नाघेका उपभोग्य वस्तु खुलेआम किनबेच भइरहेको छ । यसका लागी सबै भन्दा पहिला उपभोत्ता समिति सचेत हुन जरुरी छ ।

त्यस्तै जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म स्थापना भएका बजारको अनुगमन पटकपटक गर्दै आइराखेको छ जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले अधिकांश पसल दर्ता नभएको जानकारी दिनुभयो । उहाँले दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु बिक्री भइरहेको भन्दै स्थानीय सरकारले पनि कडाइका साथ गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘फेन्सि पसल बाट पनी उपभोक्ता मारमा परेकाले अनुगमन थालिएको छ । अनुगमनमा फेन्सि पसलले पनि कुन कपडा कति मुल्यको हो भनेर मुल्य सुचि टाँस गर्न भनिएको छ । फेन्सि पसलले समान खरिद गर्दा बिलमा न्युन मुल्य राख्ने उभोक्तालाई बिक्रि गर्दा दोब्बर मुल्यमा बेच्ने गरेको पाइएको र यसले गर्दा राज्यलाई करछली गर्ने गरेको जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनुभयो ।

सामान खरिद गर्दा बिलमा मुल्य कम राख्दा भ्याट तिर्न सस्तो पर्ने भएकाले ब्यापारिले यस्तो क्रियाकलाप गर्ने गरेका छन । उहाँले समयमै करको दायरामा आउनका लागि व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अनुगमनका क्रममा धेरै समस्या देखियो । सबै समस्या समाधानका लागि विधिवत् रुपमा व्यवसाय दर्ता गर्न सुझाव दिएका छौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?