झापा । एमाले झापा अध्यक्ष दीपक कार्कीको घरमा राखिएको प्रेसर कुकर बम जस्तो देखिने बस्तु नक्कली भएको पुष्टि भएको छ । गौरादह-३ मा रहेको कार्कीको घरको बाहिर प्रेसर कुकरमा तारजस्तो देखिएपछि बम हुन सक्ने आशंका गरिएको थियो ।
तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप गिरीले जानकारी दिनुभयो ।
ुप्रेसर कुकरभित्र ग्यास चुलोको सानो सामान र मोबाइलको चार्जर रहेछ । खासै केही रहेनछ,ु उहाँले भन्नुभयो । उक्त घर प्रदेश – १ का पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको पनि हो । प्रेसर कुकर जस्तो देखिने बस्तु कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :