योगेश भट्टराईले गराए माधव र झलनाथलाई छुट्टिएको पलको स्मरण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पार्टी फूटको बेला षड्यन्त्रको शिकार नबन्न  माधव नेपाल र झलनाथ खनाललाई गरेको अनुनय एमालेका सचिव योगेश भट्टराईले सम्झाउनु भएको छ ।

एकीकृत समाजवादीका मन्त्रीहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्रीबाट नहट्ने ध्यानाकर्षण पत्र लेखेको बाहिरिएपछि एमाले नेता भट्टराईले त्यो विगत सुझाउनु भएको हो ।

उहाँले एकीकृत समाजवादीमा अहिलेको जस्तो अवस्था आउँछ भनेर आफूले पहिल्यै भनेको पनि उल्लेख गर्नुभएको छ ।

एमाले नेता भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टी  विभाजनको औचित्य छैन भनि आफूले त्याे बेला गरेकाे तर्क र कुनैदिन परिस्थिति तपाईं (माधव) को काबुभन्दा बाहिर जाने छ भनेर छुट्टिएको पलको स्मरण समेत गर्नुभएकाे छ ।

उहाँले लेख्नुभएको छ -
एकीकृत समाजबादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी बिभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले बिभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहिभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टीएको पलको स्मरण भईरहेको छ ।
हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ ।
आत्माबोध र पश्चाताप : सिर्फ कहिले ?

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?