भोजपुर नगरपालिकाले ल्यायो बैसठ्ठी करोड बढीको बजेट

Read Time = 3 mins

-निरोज कोइराला

भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि आफनो बजेट सार्वजनिक गरेको छ । असार १० मा पालिकाहरुले आफनो नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पर्ने भएकाले भोजपुर नगरपालिकाले पनि आगामी आर्थिक बर्षका लागि ६२ करोड बढीको बार्षिक बजेट सार्वजनिक गरेको हो ।

सातौ नगरसभामा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले आगामी आर्थिक बर्षको लागि ६२ करोड १३ लाख १३ हजार बरावरको बार्षिक बजेट प्रस्तुत गर्नु भयो । नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेका छन । नगरपालिकाको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार बिकास, खानेपानी लगायतका बिषयहरु समेटिएका छन् ।

नगर प्रमुख आलेले आगामी आर्थिक बर्षका लागि आयतर्फ बित्तिय समानीकरण अनुदान संघ ११ करोड ९९ लाख, राजस्व बाँडफाँडमा ९ करोढ ७६ लाख १० हजार, सशर्त अनुदान संघबाट ३३ करोड, विशेष अनुदान १ करोड ५० लाख, प्रदेश सरकार वित्तिय समानीकरण अनुदान ६४ लाख १५ हजार, सवारी साधन करको राजस्व बाडँफाडँबाट १ करोड १५ लाख ६३ हजार २ सय ५०, प्रदेश सशर्त अनुदान ७९ लाख ६२ हजार, प्रदेश समपुरक अनुदानको १ करोड, आन्तरीक राजस्व तर्फ २ करोड २८ लाख ६२ हजार ७ सय ५० गरी जम्मा ६२ करोड १३ लाख १३ हजार बरावरको आय प्रस्ताव नगर सभामा पेश गर्नु भएको थियो ।

नगरप्रमुखले सार्वजनिक गरेको नीति तथा कार्यक्रमहरु नगरसभामा सहभागि सदस्यहरुबाट बहुमतका साथ पास भएको थियो । सोक्रममा बोल्दै नगर प्रमुख आलेले नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको लक्ष तथा उद्धेश्य प्राप्तीका लागि जनप्रतिनिधीहरुले मात्र संभव नहुने भएकाले प्रभावकारी कार्यान्वयनका लागि सवै पक्षबाट सहयोग हुनु पर्ने बताउनुभयो ।

नगरसभामा उपप्रमुख निर्मला शेर्पा, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र राई सहित १२ वटै वडाका वडाध्यक्ष, सदस्य, नगरकार्य पालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

जिल्लाको पौवादुङमा गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका, साल्पासिलिछो गाउँपालिकाले पनि आफनो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका गरी ९ वटा स्थानीय तह छन ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?