-गोविन्द बीसी
टीकापुर । कैलालीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लाका सबै स्थानीय तहहरुले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट एकैपटक सभामा पेश गरेका हुन् ।
पूर्वाधार विकास, स्वास्थ्य, कृषि, शिक्षा र रोजगारलाई प्रमुख प्राथमिकता दिँदै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् ।
कैलालीका एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकाले शुक्रबार नगररगाउँ सभामा आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार स्थानीय तहले बजेट ल्याएका हुन् । स्थानीय तहलाई संघीय र प्रदेश सरकारले संघ तथा प्रदेश सरकारले दिएको समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानेर स्थानीय तहले आ(आफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेश गरेका हुन् ।
धनगढीको बजेट १ अर्ब ८३ करोड
धनगढी उपमहानगरपालिकाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट ल्याएको छ । उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले ८ औँ नगरसभामा सो बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा आन्तरिक आय रु २६ करोड ७९ लाख २४ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण संघीय सरकार ९६ करोड ४८ लाख र प्रदेश सरकारबाट ३५ करोड ३४ लाख ५ हजार, राजस्व बाँडफाँटबाट प्राप्त रु ४७ करोड २९ लाख ३३ हजार र सञ्चित कोष बैंक मौज्दात १० करोड रहने प्रक्षेपण गरिएको छ ।
जानकीको बजेट ६९ करोड
जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९र०८० का लागि ६९ करोड ४९ लाख ६५ हजार बजेट सार्वजनिक गरेको छ । असार ८ गते गाउँपालिकाको दशौं गाउँसभामा उपाध्यक्ष लालमतिदेवी कठरियाले बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाको बजेट चालुतर्फ ४५ करोड ८४ लाख ५ हजार ५ सय १६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २३ करोड ५४ लाख ९४ हजार ४ सय ८३ रुपैयाँ बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिकाले संघीय सरकारबाट आयतर्फ समानिकरण अनुदान १५ करोड ८६ लाख, राजश्व बाँडफाँड १३ करोड ५२ लाख ५१ हजार, सशर्त अनुदान २४ करोड ३० लाख र आन्तरिक स्रोत राजस्व परिचालनबाट ३ करोड ९ लाख ५५ हजार प्राप्त हुने जनाएको छ ।
यस्तै, संघीय समपुरक अनुदानबाट १ करोड ८० लाख, विशेष अनुदान शीर्षकमा १ करोड २० लाख बजेट उपलब्ध हुने जनाइएको छ ।
प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १५ लाख ९५ हजार, प्रदेश राजस्व बाँडफाँड २ करोड ३० लाख ९९ हजार, समपुरक अनुदान ४० लाख र विशेष अनुदान ६५ लाख रुपैयाँ आय प्राप्त हुने जनाएको छ ।
कैलारीको बजेट ५९ करोड २५ लाख
कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त हुने ५४ करोड ३३ लाख १० हजार, प्रदेश सरकारबाट प्राप्त हुने १ करोड ७७ लाख ६१ हजार रुपैयाँ रहेको जनाएको छ । यसैगरी, आन्तरिक आम्दानीमा ३ करोड १४ लाख ५० हजार रुपैयाँ रहेको गाउँपालिकाका उपाध्यक्ष चौधरीले बताउनुभयो ।
गाउँपालिकाले सशर्त अनुदानतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन प्रशासनिक ९चालू० तर्फ १० करोड ५० लाख, समपूरक कोषतर्फ ६ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजनतर्फ कुल ४८ करोड ३५ लाख २१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यसैगरी, विषयगत समिति अन्तर्गत पूर्वाधार विकास, ३ करोड, आर्थिक विकास २ करोड ५० लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ ३ तीन करोड ९० लाख, सुशासन तथा संस्थागत विकास ३० लाख, लक्षित वर्ग कार्यक्रमतर्फ १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
गौरीगंगाको बजेट ९० करोड
गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ९० करोड ६४ लाख ७५ हजार बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभामा नगर उपप्रमुख भोजबहादुर बमले सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान १७ करोड ७० लाख, सशर्त अनुदान चालू २० करोड ५२ लाख, सशर्त अनुदान पुँजीगत ३ करोड १४ लाख, समपुरक अनुदान पुँजीगत ८० लाख र विशेष अनुदान ५० लाख प्रस्ताव गरेको छ ।
त्यस्तै, प्रदेश सरकारको समानिकरण अनुदान १ करोड ३० लाख १९ हजार, समपुरक अनुदान पुँजीगत ७३ लाख, विशेष अनुदान पुँजीगत २५ लाख, मूल्य अभिवृद्धि कर र अन्तस्शुल्क १४ करोड ५२ लाख ८२ हजार, वन रोयल्टी ३५ लाख, घरजग्गा रजिस्ट्रेशन दस्तुर २ करोड, सवारी साधन कर ८५ लाख ७६ हजार, सामाजिक सुरक्षा तथा संरक्षण भत्ता २२ करोड ५० लाख उपलब्ध हुने जनाइएको छ ।
नगरपालिकाको आन्तरिक राजस्व ३ करोड ६५ लाख ७० हजार र गत आर्थिक वर्षको खर्च हुन बाँकी अ।ल्या। १ करोड ८१ लाख २८ हजार प्राप्त हुने गरी बजेट प्रस्तावित गरिएको छ ।
गोदावरीको १ अर्ब २५ करोड
गोदावरी नगरपालिकाले १ अर्ब २५ करोड ८ लाख ५० हजारको बजेट ल्याएको छ । नगरको आठौँ नगरसभामा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सो बजेट पेस गरिएको हो ।
जसमा चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजिगततर्फ ५३ करोड ८५ लाख २५ हजार विनियोजन गरिएको छ । नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले स्वास्थ्य तथा शिक्षाको गुणस्तर अभिवृद्धि, कृषि आधुनिकीकरण र बजारीकरण, रोजगारी, पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकता दिइएको बताउनुभयो ।
नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान २१ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट १७ करोड ३६ लाख ८९ हजार, सशर्त अनुदान ३७ करोड ५ लाख, विशेष अनुदानबाट २ करोड र समपुरक अनुदानबाट १ करोड ४० लाख प्राप्त हुने जनाइएको छ ।
त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान १ करोड ६० लाख १० हजार, राजस्व बाँडफाँडबाट ५९ लाख ४९ हजार, स्थानीय राजस्वबाट ६ करोड ९ लाख ९५ हजार ५ सय, आन्तरिक स्रोतबाट ११ करोड ५३ लाख ६ हजार ५ सय र सञ्चितकोष बैंक मौज्दातबाट २६ करोड बजेट विनियोजन गरिएको छ ।
टीकापुरको बजेट ८५ करोड
टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड रुपैयाँको बजेट ल्याएको छ ।
११ औं नगरसभामा नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड ८ लाख ८४ हजार १ शय ६० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभामा संघीय अनुदानबाट वित्तीय समानीकरणतर्फ २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँडमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजश्व बाँडफाँडमा ९१ लाख ५९ हजार, समपुरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख प्राप्त हुने सीमा अनुमान गरिएको छ ।
नगरपालिकाको आन्तरिक श्रोतबाट ७ करोड ५० लाख ७० हजार १ शय ६० रुपैयाँ, मालपोत रजिष्ट्रेशन ३ करोड ७५ लाख, वचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
नगर सभामा प्रस्तुत बजेटमा विपद व्यवस्थापन कोषमा १ करोड ५० लाख, समपुरक कोषमा ७ करोड विनियोजन गरिएको छ ।
बर्दगोरियाको बजेट ७६ करोड
बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ७६ करोड ७० लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । १० औं गाउँसभामा उपाध्यक्ष गणेशराज गिरी ९लालदीप ० बजेट उक्त प्रस्तुत गर्नुभएको हो । गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष गिरीले स्वास्थ्य तथा शिक्षा, कृषि, रोजगारी, पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकता दिइएको बताउनुभयो ।
गाउँसभामा संघीय अनुदानबाट सशर्त अनुदान १३ करोड ६ लाख, विशेष अनुदानमा ३ करोड ९५ लाख, समपुरक अनुदान २ करोड ८० लाख, निशर्त अनुदान १२ करोड ९८ लाख विनियोजन गरिएको छ ।
राजश्व बाँडफाँडमा ९ करोड ५२ लाख २६ हजार, सशर्त अनुदान पुँजिगत २ करोड ७८ लाख विनियोजन गरिएको छ ।
त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ८९ लाख १८ हजार, विशेष अनुदानमा २७ लाख ७५ हजार, राजश्व बाँडफाँडमा २३ लाख ६१ हजार, समपुरकमा ११ लाख प्राप्त हुने सीमा अनुमान गरिएको छ ।
गाउँपालिकाको आन्तरिक श्रोतबाट ७५ लाख, राजस्व बाँडफाँडमा ७५ लाख, सामाजिक सुरक्षा भत्ता २० करोड, रोयल्टी १ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका