मधेशको राजधानी जनकपुरधामको बजेट १ अर्व ८० करोड

Read Time = 2 mins

-पुरन साह

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाले अगामि आर्थिक वर्ष २०७९÷०८० का लागि कुल १ अर्व ८० करोड ७१ लाख ४५ हजारको बजेट ल्याएको छ । जनकपुरधामको उद्योग बाणिज्य संघको राजर्षिजनक सभाहलमा नव निर्वाचित मेयर मनोज कुमार साह र उपमेयर किशोरी साहले आठौं नगरसभाको आयोजना गरी सो परिमाणको बजेट प्रस्तुत गरिएको हो । सभामा उपप्रमुख साहले बजेट बक्तब्य प्रस्तुत गर्नुभएको थियो ।

सभामा उपमहानगर प्रमुख मनोज कुमार साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बजेटमा सवै भन्दा बढि सामाजिक विकास तर्फ ६७ करोड, पुर्वाधार विकास तर्फ ६४ करोड, सुशासन तथा संस्थागत विकास तर्फ ४९ करोड र आर्थिक विकास तर्फ ४ करोड बजेट बिनियोजन गरिएको छ ।

सभामा उपस्थित प्रदेश सांसद परमेश्वर साहले यस अघिका सरकारका प्रतिनिधीहरुले रातराती विभिन्न चतुराय प्रयोग गरी औठा छाप लगाएर नगरसभा गर्ने गरेको बताउँदै सुशासनका लागि हरेक गतिविधि पारदर्शी र कानुनसम्मत हुनुपर्ने बताउनु भयो । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुसहितको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?