मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुले गर्‍याे आन्दोलनका कार्यक्रम घोषणा

Read Time = 1 min

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धिविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
अनेरास्ववियुले चरणबद्ध रूपमा खबरदारी गर्दै विरोधको कार्यक्रम सार्वजनिक गरेको छ ।

अनेरास्ववियुले असार ११ गते प्रत्येक जिल्ला सदरमुकाममा सिट्ठी जुलुस निकाल्ने संगठनका केन्द्रीय अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।

यस्तै असार १२ गते देशभरका शैक्षिक संस्थामा सरकार कहाँ छ ? भन्ने नाराका साथ कालो ब्यानर राख्ने कार्यक्रम छ।

यस्तै असार १३ देखि १८ गतेसम्म मूल्यवृद्धिविरुद्ध शैक्षिक संस्था र जिल्ला सदरमुकामका प्रमुख चोकमा हस्ताक्षर कार्यक्रम आयोजना गरिने बरालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?