-विजय रावत
जुम्ला । जुम्लाको सदरमुकाममा रहेको खलंगा बजारका ठूला व्यापारीका डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती भेटिएका छन् । सम्बन्धित निकायले धेरैजसो बजार अनुगमन गर्छन् तर कारबाही गर्दैन । जिल्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिने गरेका थिए । तर, सदरमुकाममै सञ्चालनमा रहेका केही ठूला गोदाममा पनि अनुगमनका क्रममा म्याद गुज्रेका सामान तथा अखाद्य वस्तुहरू भेटिएका छन् ।
जिल्ला प्रशासन कार्यालय जुम्ला, उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयको संयुत्त आयोजनामा भएको बजार अनुगमनका क्रममा सदरमुकामका ठूला गोदाममा अखाद्य वस्तुहरू फेला पारिएको हो । यसअघि पसल अनुगमन गर्दै आएको जिल्ला अनुगमन समितिले पहिलो पटक डिलर र फेन्सी पसल अनुगमन गरेको थियो । अनुगमन समितिले रवि जनरल स्टोर र लुम्बिनी ट्रेडसको अनुगमन गरेको हो ।
जुम्लामा खाद्य तथा खुद्राको व्यवसायको ब्राण्ड मानिएको लम्बिनी टेड्रसको डिलरमा म्याद गुज्रिएका सामान भेटिएका हुन् । सदरमुकाम खलंगाका ठूला व्यापारीले नै मिति सकिएको र दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको पाइएपछि यसपटक डिलर अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, धेरैको पसलको मूल्यसूची नभेटिएको, एउटा फर्म दर्ता गरेर धेरै मिसावट बिक्री वितरण गरिएको जस्ता कैफियत पाइने गरेको छ ।
त्यस्तै, लुम्बिनी ट्रेडसको डिलरमा बिकानो बिस्कुट ३० हजार, गोल्डेन बिस्कुट एक हजार, कुकिज एक हजार, ललिपप तीन सय, रक्की चक्की मिठाई पाँच सय, अधुरी बिस्कुट पाँच सय, कफी चक्लेट एक हजार नौ सय गरी जम्मा ३५ हजार दुई राबरको म्याद गुज्रिएको अखाद्य वस्तु नियन्त्रण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा। ईश्वरी सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोली अनुगमनमा निस्किएको हो ।’ डाक्टर सुवेदीका अनुसार यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् । मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक रहेको उपभोक्ताको गुनासो छ । जुम्लाका गोदाममै मिति नाघेका उपभोग्य वस्तु खुलेआम किनबेच भइरहेको छ । यसका लागि सबै भन्दा पहिला उपभोत्ता समिति सचेत हुन जरुरी छ ।
त्यस्तै, जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म स्थापना भएका बजारको अनुगमन पटकपटक गर्दै आइराखेको छ । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले अधिकांश पसल दर्ता नभएको जानकारी दिनुभयो । उहाँले दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु बिक्री भइरहेको भन्दै स्थानीय सरकारले पनि कडाइका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘फेन्सी पसलबाट पछि उपभोत्ता मारमा परेकाले अनुगमन थालिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका