रोनाल्डोलाई अनुबन्ध गर्ने तयारीमा बायर्न

Read Time = 2 mins

बर्लिन । जर्मन च्याम्पियन बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने योजना बनाएको छ । बायर्नले आफ्नो मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्कीको विकल्पमा रोनाल्डो अनुबन्ध गर्ने योजना अघि सारेको हो । बायर्नले इंग्लिस क्लब लिभरपुलबाट साडियो मानेलाई अनुबन्ध गरिसकेको छ ।

तर, बायर्न आफ्नो आक्रमण अझै बलियो बनाउन चहान्छ । जर्मन पत्रिका एएसको अनुसार बायर्नले पोर्चुगिज स्टारलाई लोभ्याउने प्रयास गर्नेछन् । किनकि उनीहरूको लेवान्डोस्कीको ठाँउ लिने नयाँ फरवार्ड ल्याउने प्रयासमा छन् । तर, यस विषयमा रोनाल्डो र म्यानचेस्टर युनाइटेडले केही बोलेको छैन ।

स्पेनिस क्लब रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता रहनुभएका रोनाल्डोले यसअघि इटालियन क्लब युभेन्ट्सबाट पनि खेलिसक्नुभएको छ । पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट व्यावसायिक खेल करिअर सुरु गर्नुभएका रोनाल्डोले अहिले इंंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा दोस्रो स्पेल बिताइरहनुभएको छ । बायर्न छाड्ने घोषणा गरिसक्नुभएका लेवान्डोस्कीलाई क्याटलान क्लब बार्सिलोनाले ४० मिलियन युरोको प्रस्ताव अघि सारिसकेको छ । यसलाई बायर्नले स्वीकार्ने अपेक्षा गरिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?