कतार विश्वकपमा २६ खेलाडी राख्न पाइने

Read Time = 2 mins

दोहा । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले २०२२ को विश्वकपका लागि २६ सदस्यीय टोलीलाई अनुमोदन गरेको छ । यससँगै यस वर्षको फिफा विश्वकप कतार २०२२ को लागि सहभागी ३२ राष्ट्रले आफ्नो अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउनेछन् । यसअघि एक टोलीमा २३ खेलाडी राख्न पाउने प्रावधान थियो ।

यो प्रयोग यसअघि कोभिड-१९ को महामारीको बेला प्रयोग भएको थियो । जसमा ६ खेलाडी परिवर्तन गर्न पाउने नियम थियो । यसको अर्थ अब टोलीमा कुनै पनि खेलाडी छुट्ने छैन । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले गत अप्रिलमा सबैजना सबै खेलका लागि उपलब्ध हुनुपर्ने बताउनुभएको थियो । उहाँले टोलीमा खेलाडी थपिँदा खेलमा परिवर्तन गर्न सकिने बताउनुभएको छ ।

फिफाले नोभेम्बर २१ देखि सुरु हुने विश्वकपका लागि कोभिड-१९ र असामान्य समयका कारण विश्वकपका लागि टोलीमा संख्या बढाइएको जनाएको छ । विश्वकपमा सहभागी सबै ३२ राष्ट्रले आगमी अक्टोबर २० सम्ममा आफ्नो अन्तिम नामावली दिनुपर्नेछ । एक टोलीमा खेलाडीसहित ३५ देखि ५५ सदस्यीय पदाधिकारी हुनेछन् । जसमा २५ खेलाडीसँगै एकजना डक्टर हुनुपर्नेछ ।

उनले बेन्चमा बस्न पाउनेछैन । डगआउटमा ११ नियमित खेलाडी, १५ वैकल्पिक खेलाडी र एक फिजियो हुनेछ । प्रशिक्षण टोली पनि डगआउटमै रहनेछ । कतारमा हुने विश्वकप नोभेम्बर २१ बाट सुरु भएको १८ डिसेम्बरमा सकिनेछ । समूह ‘ए’को सेनगेल र नेदरल्याण्ड्सबीचको खेलबाट विश्वकपको उद्घाटन हुनेछ । फिफाले विश्वकप समूह विभाजन ‘ड्र’ यसअघि नै सार्वजनिक गरिसकेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?