वर्षा बाधक बन्दा नेपालको एशियाकप यात्रा समाप्त

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वर्षाका कारण नेपाल र युएईको खेल अवरुद्ध भएपछि युएई समूह विजेताको आधारमा फाइनलमा प्रवेश गर्दा नेपालको एशिया कप खेल्ने लक्ष्य समाप्त भएको छ । युएईलाई हराउँदै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले वर्षाका कारण जवाफी ब्याटिङ गर्न नपाउँदा युएई समूह चरणको नतिजाको आधारमा फाइनल प्रवेश गरेको हो ।

यस्तै एशियाकप छनोटको नेपालको यात्रा समाप्त भएको हो । समूह ‘बी’को उपविजेताको रूपमा समूह ‘ए’ विजेता युएईसँग नेपालले शुक्रबार फाइनल प्रवेशका लागि खेलेका थियो । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले युएईबाट जम्मा ८२ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले युएईलाई १९.५ ओभरमा समेट्दा युएईले नेपाल सामु ८२ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि अस्मिना कर्माचार्यले ५ विकेट लिँदा इन्दु बर्माले ३ तथा सीता रानामगरको नाममा २ विकेट रहृयो । युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा ओपनर ईशा रोहित १५ रन जोड्न सफल हुनुभयो । यसैगरी कप्तान छाया मुघलले १४ रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

८२ रनको जवाफी लक्ष्य पछ्याएर ब्याटिङ गर्न मैदानमा उत्रने तयारीमा नेपाल रहे पनि वर्षाका कारण नेपाललाई त्यो मौका मिलेन । पहिला वर्षाका कारण ३० मिनेट ढिला गरी सुरु भएको खेललाई फेरि वर्षाले प्रभाव पारेपछि युएईलाई भाग्यले साथ दिएको हो । खेल रद्ध भए पनि नेपालका लागि ५ विकेट लिनुभएकी अस्मिना कर्माचार्य प्लेयर अफ दी म्याच बन्नुभयो ।

यसपछिको अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एशिया कप क्रिकेटमा छनोट हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?