मूल्य वृद्धिविरुद्ध पर्यटन श्रमिक पनि आन्दोलित

Read Time = 2 mins

काठमाडौं । पर्यटन श्रमिकले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्य वृद्धि तत्काल फिर्ता नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पर्यटन क्षेत्रका श्रमिक संगठन नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु) ले विज्ञप्ति जारी गर्दै इन्धनमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

इन्धनमा भएको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातलगायत मानवीय आधारभूत आवश्यकताका दैनिक उपभोग्य सामानमा स्वतः मूल्य वृद्धि हुने भएकाले सर्वसाधारण जनता र विशेष गरी पर्यटन क्षेत्रमा काम गर्ने लाखौँ श्रमिकको बाँच्न पाउने मौलिक अधिकार कुण्ठित भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारी उच्च अधिकारी तथा नेपाल आयल निगम अधिकारीबाट हुने इन्धन दुरूपयोग र अन्य चुहावट व्यवस्थापनमा सुधार एवं इन्धन आपूर्तिका लागि सस्तो बजार विकल्प खोजी गर्नुपर्नेमा सम्पूर्ण भार जनता र हाम्रा लाखौँ पर्यटन श्रमिकको टाउकोमा बोकाउने गरी गरिएको मूल्य वृद्धि फिर्ता लिन अपिल गर्दछौँ । अन्यथा सडक संघर्षमा जानुपर्ने श्रमिकको बाध्यतालाई सरकारले किमार्थ रोक्न सक्ने छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?