‘एस्ट्रोपड’ डेटिङ एप-मेड इन स्टार्स

Read Time = 1 min

काठमाडौं । अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलोपटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ । नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई मन मिल्ने जोडी खोज्न सहयोग पुर्‍याउने उद्देश्यका साथ कम्पनीले शुक्रबार एप सार्वजनिक गरेको हो ।

एस्ट्रोपडको नारा ‘मेड इन स्टार्स’ राखिएको छ । एस्ट्रो वेद प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले आफू विश्वको सानो हिस्सा भएका कारण विश्वका लागि केही बनाउने प्रवेशद्वारका रूपमा रहेकाले एप डेभलपमेन्टमा विशेषज्ञतासहितको सफ्टवेयर कम्पनी सुरु गर्ने क्रममा नयाँ एप निर्माण गरिएको बताउनुभयो ।

कोइरालाका अनुसार एपमा नेपाली युवाले वैदिक ज्योतिषशास्त्रका आधारमा आफूलाई मिल्ने जोडी वा साथी छनोट गर्न सक्ने सुविधा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?