कामनाको शाखारहित सेवा अमौरामा

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले मोबाइल एपमार्फत् थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबारबाट कैलालीको जानकी गाउँपालिका–५ को अमौरामा शाखारहित सेवा सञ्चालनमा ल्याएको हो ।

शाखारहित सेवा सञ्चालनका लागि बैंकले राम चौधरीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित सेवाको उद्घाटन वडा ५ का वडाध्यक्ष भीमबहादुर चौधरीले गर्नुभएको थियो ।

शाखारहित सेवामार्फत् खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?