ज्योतिका थप दुई शाखा

Read Time = 1 min

काठमाडौं । ज्योति विकास बैंकले दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार मणिग्राम र परासीमा शाखा स्थापना गरेको हो । रूपन्देहीस्थित मणिग्राम शाखाको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण र बैंक सञ्चालक सुरेन्द्रबहादुर नेपालीले संयुक्तरूपमा उद्घाटन गर्नुभयो भने परासी शाखाको रामग्राम नगरपालिकाका मेयर धनपत यादव र बैंकका सञ्चालक मन महर्जनले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

बैंकले मणिग्राम र परासी शाखाका ग्राहकलाई शून्य मौज्दातमै क्युआर कोड, निःशुल्क डलर कार्ड जारी, डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन, डेबिट कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा र सबै मुद्दती निक्षेपमा मासिक व्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायतका सुविधा प्रदान गर्ने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?