गुणकारी केरा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रकृतिले हामीलाई धेरै गुणकारी खाद्यवस्तुहरू दिएको छ । जसले हाम्रो स्वास्थ्यलाई राम्रो राख्नका लागि मद्दत पुर्‍याउँदछन् । यस्तैमध्येको एक हो केरा । आयुर्वेदका अनुसार केरा स्वास्थ्यका लागि निकै उपयोगी मानिएको छ । केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ ।

केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । केरामा भिटामिन ‘ए’ ‘बी’ र ‘डी’ समेत पाइन्छ । केराले युरिनरी क्याल्सियममा आउने कमीलाई पूरा गर्छ । झाडापखालामा, मुटुको ढुकढुकी बढेमा केरा सेवनले निको हुन्छ । केराले अल्सर हुनबाट बचाउँछ, हाड बलियो बनाउँछ र पेटको अम्लीयपन नष्ट गर्छ ।

दूधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जियत हटाउन मद्दत गर्छ । केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ । आमाशयमा खानेकुरा रहने समस्यासमेत कम गर्छ ।
केराको गुदीमा बढीमात्रामा केरोटेनाइड्स पाइन्छ, जसले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ । एक अध्ययनअनुसार दिनको एउटा शुद्ध केरा खानाले मिर्गाैलाको क्यान्सरमा कमी आउँछ । शरीरमा आवश्यक पोटासियमको कमीको परिपूर्ति गर्छ । पिसाब बढी भइरहने समस्या ठीक हुँदै जान्छ ।

चिकित्सकका अनुसार दिनमा दुई कोसा केरा खानाले शरीरमा आवश्यक सबै प्रकारका भिटामिनहरूको खाँचो पूरा गर्छ ।
केरा चिसो प्रकृतिको हुनाले जाडोयाममा बेलुकीपख खान हुँदैन । ज्वरो, रुघा, खोकी र टन्सिल भएको बेला पनि यसको प्रयोगले नकारात्मक असर पार्न सक्छ । यस्तै केरामा बढीमात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ । यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ । धेरै मात्रामा केरा खाँदा मोटाइने समस्या बढ्ने भएकाले ख्याल गर्नु जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?