कविता : शृङ्गारमा नाचिद्यौ !

बद्रीप्रसाद दाहाल
Read Time = 2 mins

तिम्रा लोचन कान्ति चम्चम हुँदा, हारे सबै पङ्कज ।
तिम्रै आननका प्रभासित झुुकी, लुक्दै गए चन्द्र त ।।
तिम्रै सुन्दर चाल ढाल गतिले, लज्जा बढ्यो हाँसमा ।
सम्झी रङ्ग र रूपमा डुबिरहेँ, स्वप्ना हट्यो रातमा ।।

तिम्रै कण्ठ निनाद झङ्कृत हुँदा, पीडा सबै बिर्सिएँ ।
ओढायौ चुँदरी लुकेँ कति लुकेँ, सम्झेर झन् रित्तिएँ ।।
रापै राप छरेर जेठ अहिले, मात्दैछ हा ! तापमा ।
वर्षाकी जलधार प्यार मुटुकी, आऊ बसौं साथमा ।।

तिम्रा लोचनमा रमेर बिजुली, चम्के अहा रोशनी ।
लाली ओठ गुलाफका चहक झैँ, चुम्थे अहा ! मोहनी ।।
तिम्रा केश अगाडि रेशम फिका, लाग्थिन् घृताची फिका ।
काला कज्जल लेपिँदा नयनमा, सर्माउँथे अप्सरा ।।

बारुल्ले कटि नृत्यमा रमिदिँदा, भित्रै हुने खुुल्दुल ।
तातो जेठ निसासिने हुनगई, बन्दैछु रे तुल्बुल ।।
भाका सर्नु सरे सुधा मिलनको, लौ जेठमै हाँसिद्यौ ।
झन्-झन् गीष्म बलेर तापित भएँ, शृङ्गारमा नाचिद्यौ ।।
समाप्तम्

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
अनन्त कुइँकेल
अनन्त कुइँकेल
2022-06-25 11:03 am

श्रृङ्गार रसमा डुबुल्की मारेको माधुर्यले भरिपूर्ण कविता।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?