रामायण र महाभारतका शान्तिदूत

डा. गणेशप्रसाद घिमिरे
Read Time = 14 mins

हामी मानिस हौँ । मानिस सदा जीवनलाई भोग्न चाहन्छ । जीवन भोेगाइका सन्दर्भमा आउने शान्ति उसलाई प्रिय लाग्दछ । यही प्रियताको पहिचान मानवीय भाव पनि हो । शान्तिको कामना मानिसले सदा गरिरहेको हुुन्छ । शान्तिका माध्यमबाट जीवन भोगाइमा आइपर्ने समस्याको उद्भव मानवीय स्वरूप र उसले व्यक्त गर्ने आधार पनि हो । यही आधारमा टेकेका छन् हाम्रा धर्मग्रन्थहरू पनि ।

रामायण र महाभारतको युुद्धलाई रोक्न राम र कृष्णले प्रयास नगरेका होइनन् । ती प्रयास असफल भए । ती प्रयासहरू सफल हुुन सकेनन् । राम रावणको युुद्ध भयो । यसका साथै कौरव र पाण्डवका बीचमा महाभारत भयो । राम र रावणको युुद्धले तत्कालीन समाजलाई क्षतविक्षत पारिदियो । महाभारतले नरसंहार निम्त्यायो । ती दुुबै युुद्ध धर्मका नाममा थिए । रामले अन्तिम समयमा लङ्का पुुगेर रावणसित शान्तिको प्रयास गरे । शान्तिको प्रयासका लागि उनले अङ्गदलाई दूतका रूपमा पठाए । अङ्गदले शान्तिलाई पूूर्णता दिने प्रयास गरे तर अङ्गदको प्रयास सफल हुन सकेन । रामका वानर सेना र रावणका राक्षस सेनाबीच युुद्ध भयो । धर्मको विजय भयो ।

महाभारतमा अन्तिम समयमा कृष्ण शान्तिदूत बनेर हस्तिनापुर गए । सकेसम्म युुद्ध नहोस् । युद्ध मानिसको हितमा कहिले पनि हुन सक्दैन । मानिसको हितका लागि युुद्ध होइन । युुद्ध त संहार हो । मानवीय भावनाको अन्त्य हो । चेतनाको अन्त्य हो शास्त्रको अन्त्य हो । शस्त्रको उदय र शस्त्रमा देखापर्ने नयाँ चिन्तनको उपज पनि हो । सकेसम्म युद्धलाई रोक्नुुपर्ने अवस्थामा कृष्ण पुुगे र शान्तिको प्रस्ताव लिएर हस्तिनापुर गए । रामले अङ्गदलाई दूत बनाएर पठाए । कृष्ण स्वयं दूत बनेर गए ।

अङ्गद दूतका रूपमा :
राम र रामको वानर सेना लङ्का पुुगिसकेको थियो । युुद्धको बिगुुल बज्ने तयारीमा थियो । शत्रुु सानो वा ठूलो होस् कमजोर हुुँदैन । शत्रुुलाई बलवान् मान्नुपर्ने हुुन्छ । त्यसैले अन्तिम उपाय रामले अङ्गदलाई बोलाएर सम्बोधन गर्दै भने :
बहुत बुुझाइ तुुम्हहि का कहऊँ । परम चतुुर मै जानत अहऊँ ।
काजुु हमार तासुु हित होई । रिपुु सन करेहुु बतकही सोई ।
हे अङ्गद ! तिमी चतुुर, चलाख छौ । तिमीलाई मैले रावणको हितका लागि लङ्का पठाउँछुु । मेरोमात्र होइन रावणको पनि हित हुनेछ । यहाँ रामले अङ्गदलाई दूूतका रूपमा पठाए । शत्रुुको हित चाहे । सकेसम्म युुद्ध रोकियोस् भन्ने कामना गरे । त्यो कामनालाई पूूरा गर्न अङ्गद लङ्का पुुगे । लङ्का पुुगेर रावणको सभामा अङ्गद उपस्थित भए । रावणले वानरका रूपमा अङ्गदलाई देखेर सम्बोधन वानरकै रूपमा गर्‍यो ।
कह दसकंठ कवन तैं बंदर । मैं रघुुवीर दू्रत दसकंधर ।
मम जनकहि तोहि रही मिताई । तव हित कारन आयउँ भाई ।
रावणको सम्बोधन वानर थियो भने अङ्गदको सम्बोधन दशानन वा दशकन्धर थियो । मेरा बुुबासित तिम्रो मित्रता थियो । त्यसैले तिमीलाई सम्झाउन आएको हूँ । अङ्गदले रावण र उसको कुलको प्रशंसा गरे । तिमी उत्तम कुलमा जन्मेका पुुलस्ति ऋषिका नाति हौ । शिव र ब्रहृमाको तिमीले उत्तम तरिकाले पूजा गरी वर प्राप्त गरेका छौ । वर प्राप्त गरेर तिमीले सबै काम पनि गरिसक्यौ । सबैलाई जितेर बसेका छौ ।
उत्तम कुल पुुलस्ति कर नाति ।सिव बिरंचि पूूजेहुु बहुु भाँति ।
बर पायहुु कीन्हेहुु सब काजा । जीतेहुु लोकपाल सब राजा ।
अङ्गदले पहिले रावणको कुुल र वंशप्रतिको दृष्टिकोण राखे । उनको दृष्टिकोणले काम गर्छ कि भन्ने लागको थियो तर त्यो हुन सकेन ।

कृष्ण दूतका रूपमा :
कृष्ण हस्तिनापुर गए । उनी धृतराष्ट्रको राज्यसभामा पुुगे । राज्यसभामा सबैलाई सम्बोधन नगरे पनि उनको वाणी गर्वयुुक्त थियो । उनी पूूर्ण शान्तिको कामना लिएर आएका थिए । उनी युुद्धको पक्षमा थिएनन् । शान्तिकामी भएकाले शान्तिलाई उचित मानेका थिए । शान्तिका लागि गएका कृष्ण धृतराष्ट्रलाई सम्बोधन गर्दै भन्छन् ः
कुरूणां पाण्डवानां च शमः स्यादिति भारत ।
अप्रणाशेन वीराणामेतद् याचितुुमागत ।।
वीरको संहार नगरिकन हस्तिनापुरमा कौरव र पाण्डवका बीच शान्तिको प्रस्ताव लिएर म यहाँ आएको हुुँ । महाभारतको युुद्ध गराउने श्रेय युुद्धका पिपासुुले कृष्णलाई माने पनि कृष्ण शान्तिका पर्याय बनेर हस्तिनापुरमा उपस्थित भएका हुन् । शान्तिले संसारलाई आफ्नो बनाउन सकिन्छ भन्ने विश्वास कृष्णमा सदा रहेको थियो । कृष्णको उपस्थिति शान्तिका लागि थियो युुद्धका लागि होइन । कृष्ण धृतराष्ट्रलाई सम्बोधन गरेर भन्छन्
राजन् नान्यत् प्रवक्तव्यं तव नैः श्रेयसं वचः।
विदितं हृयेव ते सर्वं वेदितव्यमरिंदम ।
हे राजन ! युद्धलाई रोक्ने कल्याणकारी कुरा बाहेक म अरू कुुनै कुरा लिएर आएको होइन । अरू सबै कुराको हजुुर ज्ञाता नै हुुनुुहुन्छ । आचार, विचार, व्यवहारलाई नियमसँग पालन गर्ने कुरुवंश तत्कालीन समयको सबैभन्दा शक्तिशाली राज्य थियो । हस्तिनापुर राज्यको अधीन अन्य राज्यहरू थिए । त्यसैले आफ्नो राज्यको शक्तिलाई चिन्नुहोस् र युद्धको डरलाग्दो अवस्थालाई शान्तिमा परिवर्तन गर्नुहोस् भन्ने कामना कृष्णको देखियो । कृष्ण धृतराष्ट्रको प्रशंसा गर्दै भन्छन् :
कृपानुुकम्पा कारुण्यमानृशंस्यं च भारत ।
तथाऽर्जवं क्षमा सत्यं कुरुष्वेतद् विशिष्यते ।।
हे राजन ! कुुरुवंशी राजाहरूमा सबैभन्दा पहिला अरूलाई सुुख दिन सक्ने क्षमता कृपा रहेको छ । यसका साथै अरूको दुुःखमा द्रवित हुुने अवस्थाको अनुुकम्पा रहेको छ । अरूको दुुःखलाई समाप्त पर्ने करुणा विद्यमान रहेको छ र क्रूरताको अभाव अनृशंसता, सरलता, क्षमा र सत्य सदा वास गरिरहेका छन् । यी सद्गुण कुुरुवंशका गहनाका रूपमा रहेका छन् । त्यसैले युुद्धलाई त्यागेर शान्तिको मार्ग अपनाऊँ ।

यी कृष्णका उक्ति यति सारगर्भित छन् जसले महाभारको गौरवता बढाएको छ । पहिले हस्तिनापुुरका राजाको वर्णन गरे अनि हजुुरजस्तो शान्तिकामी शासक युुद्धका पछि लाग्ने होइन धर्मका पछि रहेर अघि बढ्न आग्रह गरे । यो आग्रह शान्तिको प्रस्ताव थियो । यो प्रस्तावमा कदाचित् धृतराष्ट्र सहमत भए पनि दुुर्योधन सहमत हुने वातावरण थिएन । यही हो दूूतको काम र शान्तिको प्रस्ताव । यो शान्तिको प्रस्ताव कृष्णको मात्र थिएन । यो युुद्धलाई समाप्त पार्ने आधार थियो । शान्तिको शङ्खघोष थियो । कृष्णले युुद्ध चाहेका थिएनन् ।

समानता :
रामायणको दूत रामको सेनामा रहेका बालीका पुुत्र अङ्गद हुन् । महाभारतका दूत कृष्ण हुन् । यी दुुबै दूतका रूपमा गए । अङ्गद लङ्का गए । कृष्ण हस्तिनापुर गए । यी दूूतको पहिलो कर्म समाचार सम्प्रेषण गर्नुु हो । पहिला समाचार सुुनाउँदा शत्रुुपक्षको प्रशंसा गरियो । अङ्गदले तिमी ऋषिका नाति, शिव र ब्रहृमालाई तपस्यबाबाट खुुसी पार्ने व्यक्ति हौ । तिमीले प्राप्त गरेको वरदानबाट संसारलाई आफ्नो बनायौ । संसार जित्यौ । अब केही छैन । तिमी असल छौ । यसरी अङ्गदले रावणको गुणगान गाएरमात्र मुुख्य कुरा राखे ।

कृष्ण स्वयं दूत बनेर हस्तिनापुर गए । उनी दूतका रूपमा गए पनि युुद्धलाई रोक्न प्रयासरत रहे । पहिले हस्तिनापुर र धृतराष्ट्रको गुणगान गाए । कुुरुवंशको गुण गाएर शान्तिको प्रस्ताव राखे । रामायण र महाभारतका दुुवै दूत युद्ध रोक्न सफल हुुन सकेनन् । रामायणको युुद्ध भयो । महाभारतले नरसंहार निम्त्यायो । दूूतका काम गरे तर सफलता प्राप्त भएन ।

दूतको अभाव :
आज रसिया र युुक्रेनको युुद्ध चलिरहेको छ । धेरै दिनदेखि युुद्धको बिभीषिकामा त्यहाँका जनता बाँचिरहेका छन् । युुद्धका कारण शान्तिको वकालत गर्न सकेका छैनन् । शान्तिदूतको अभाव देखिएको छ । यो युुद्धका कारण विश्वमा पेट्रोलियम पदार्थको हाहाकार हुन लागिसकेको छ । आर्थिक मन्दीले विश्व क्षतविक्षत हुन थालिसकेको छ । कुनै देश वा नेता शान्तिको कामना गर्न तयार देखिएको छैन । रासिया युुक्रेनलाई समाप्त पार्ने होडमा दिनानुुदिन युुद्धलाई भयावह बनाउँदै छ । युुक्रेन वेलायत, अमेरिका र यूूरोपको सहयोगमा रसियामाथि आक्रमण गरिरहेको छ ।

मानवता बिथोलिएको छ । मानिसको बाँच्न पाउने अधिकार कुण्ठित बनेको छ । देशको मात्र नभई विश्वको अर्थतन्त्र ओरालो लागिरहेको छ । सामान्य मानिसका लागि जीवन दुुरुह बन्दै गएको छ । बजारभाऊ उकालो लागेको छ । यस्तो विषम परिस्थितिलाई मनन गरेर कुनै मुुलुुक वा कुनै नेता शान्तिदूत बनेर आएको भए यो युद्धले विराम पाउने थियो भन्ने भावना संसारका सबै मानिसममा विद्यमान रहेको छ तर त्यसो हुन सकेन । शान्तिको कामना गर्नु र बाँच्न पाउने अधिकार सुुरक्षित राख्नुु हरेक मानिसको पहिचान हो ।

तर, त्यसमा हामी पूर्णरूपमा गतिशील हुन सकेनौं । शान्तिदूूतको अभावले आज विश्वमाशासन गर्छुु भन्ने देश र नेतालाई गिज्जाइरहेको छ । युुद्ध रोकिए संसार सहजरूपमा चल्ने थियो । महँगी नियन्त्रण हुने थियो । संसारको अर्थतन्त्र उकालो लाग्ने थियो । आजका दिनमा युुद्ध रोक्न र मानवीय भावनाको संरक्षण गर्न आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?