अर्घाखाँचीमा ६ महिनाको अवधिमा ४१ वटा घटना- इन्सेक

हिमालय टाइम्स
Read Time = 3 mins

-श्याम घिमिरे

अर्घाखाँची । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सुक्रवार सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक अर्घाखाँची प्रतिनिधि कुलबहादुर नेपालीले ६ महिनाको अवधिमा जिल्लामा संकलित घटनाहरू प्रस्तुत गर्नु भएको थियो । नेपालीले ६ महिनाको अवधिमा अर्घाखाँचीमा बाल यौन दुव्र्यहारका एक, जबरजस्ती करणीका (बलात्कार) तीन, बहु बिबाहका दुई, कुटपिटको एक, घरेलु हिंसाका २९, महिला हिंसाका दुई, यौन दुव्र्यबहार (बलात्कारको प्रयास) एक, बालयौन दुव्र्यबहार एक, अभद्र तथा दुव्र्यबहार गर्न नहुने दुई वटा गरी ४१ वटा घटना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शसीधर घिमिरेले कानुन एकातिर हिडेको भएपनि समाज अर्केतिर हिडेको भन्दै कानुनको सबैले आत्मसाथ गरी पालना गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा शान्ती स्थापना गर्न सबैले हालेमालो गरी अगाडी बढ्नुपर्ने बताउँदै घिमिरेले छिटो समाचार सम्प्रेषण गर्ने होडबाजीमा गलत र तथ्यहीन समाचार प्रकाशन/प्रसारण नगर्न सञ्चारमर्कीलाई आग्रह समेत गर्नुभयो ।

अर्घाखाँची जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले कानुनको बुझाई कम भएको भन्दै सबैलाई संवेदनशिल बन्न आग्रह गर्नुभयो । खनालले जसले ठगी गरेको छ त्यसैले संरक्षण पाउनु गलत भएको भन्दै सबैले नीति नियम र कानुनको पालना गर्नु पर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले लुकेका घटनाहरूलाई बाहिर ल्याउन सरोकारवाला निकायले सहयोग गर्न आग्रह गर्नुभयो । पौडेलले मानव अधिकारको विषय प्राथमिकताको विषय भएको पनि बताउनु भयो ।

सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा जिल्ला न्यायधिबक्ता श्यामसुन्दर चौधरी लगायतले मन्तब्य राख्दै इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक एउटा ईतिहास भएको र जसका कारण सरकारी गैरसरकारी निकायहरूको नजरमा विश्वनीय रहेको बताउँदै यसको निरन्तरताको लागि शुभ कामना दिनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?