प्रदेश १ को आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा ज्योतिराज

Read Time = 1 min

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समितिको अध्यक्षमा ज्योतिराज राई निर्वाचित हुनुभएको छ । विराटनगरमा हालै आयोजित आदिवासी जनजाति चलचित्र विषयको देशव्यापी अभिमुकीकरण कार्यक्रममा राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

समितिका उपाध्यक्षहरुमा दिपनारायण राजवंशी, भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्र राज भुजेल, कोषाध्यक्षमा पेशलकुमार सुनुवार चयन भएका छन् । महासंघ प्रदेश १ का उपाध्यक्ष तुम्बाहाम्फेले समितिको अन्य पदाधिरकारी तथा सदस्यहरु शनिबार थप चयन गर्ने बताउनुभयो ।

थुप्रै फिल्म तथा टेलिफिल्म निर्माण गरि सकेका निर्माता ज्योतिराज चलचित्र विकास बोर्डको आदिवासी मातृभाषी चलचित्र प्रवर्द्धन समितिको संयोजक पनि भइसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?