सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाै । सत्ता गठबन्धनको आज बसेको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाइदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको छ ।

गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेकोले सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन पर्ने प्रस्ताव गर्नुभएको थियो ।

पौडलको प्रस्ताव पछि तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र मूल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?