रेसुंगा नगरसभाबाट नीति तथा कार्यक्रमसहित बजेट पारित

Read Time = 6 mins

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७९/८० का लागि नगरसभाबाट बजेट पारित गरेको छ । नगरसभामा ८० करोड ७६ लाख १८ हजार रुपैयाँको बजेट पेश भएको हो । त्यसमध्ये चालु खर्चतर्फ ५४ करोड ३४ लाख ५० हजार रहेको छ ।

पुँजीगत खर्च २६ करोड ४१ लाख ६८ हजार रहेको छ । उपप्रमुख अमृतादेवी कुँवरले रेसुङ्गा नगरपालिकाको विनियोजन विधेयक -२०७९ पेश गर्नुभएको थियो । नगरप्रमुख पन्थी र उपप्रमुख कुँवरले सभा समक्ष पेश गर्नुभएको अन्य विभिन्न विधेयक समेत सर्वसम्मत पारित भएको छ ।

प्रस्तुत बजेटमा सुशासन तथा संस्थागत विकास, सामाजिक विकास , आर्थिक विकास, भौतिक पुर्वधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन कार्यक्रम मार्फत बिशेषतः लक्षित बर्गलाई बढी समेएिको छ । ‘छुवाछुत मुक्त नगर घोषणा’ को नीति तथा कार्यक्रम रेसुङ्गा नगरपालिकाले अघि सारेको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

कार्यक्रमलाई व्यवहारिक रुपमै सफल पार्न कार्यविधी बनाईने, टोल समिति गठन गरिने र वडा हुँदै छुवाछुत मुक्त नगर घोषणा गरिने नगरप्रमुख पन्थीले बताउनुभयो । त्यस्तै राज्यले हाल सम्म (ग) र (घ) वर्गका अपाङ्गता भएको ब्यक्तिहरुलाई समाजिक सुरक्षा व्यवस्था नगरेकोले ती वर्गलाई सम्वोधन गर्नका लागि आबश्यक व्यवस्था गरिने उल्लेख गर्नुभयो ।

विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराईने भएको छ । कृषि उत्पादन र अन्य रोजगारमुलक कार्यक्रमहरु मार्फत गरिव विपन्न वर्गको आर्थिक सुधार ल्याउने विभिन्न कार्यक्रहरु समावेश गरिएको छ । नो होम डेलिभरी नगर बनाउने कार्यक्रम अगाडी सारिएको छ । गुल्मी अस्पताल मार्फत मृगौला र मुटी रोगीहरुलाई निःशुल्क डाईलसिस सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रममा राखिएको छ । बाँदर नियन्त्रण देखि मदिरा नियन्त्रण सम्मका कार्यक्रम अगाडी सारिएको छ । बिशेषतः विद्यालय छेउँछाउमा मदिरा विक्रि वितरण निषेध गरिने भएको छ ।

समुन्न रेसुंगा नगरपालिका निर्माको लागि धेरै महत्वपूर्ण कार्यक्रमहरु अगाडी सारिएको नगरप्रमुख पन्थीले बताउनुभयो । रेसुङ्गा सर्किट निर्माण गरि पर्यटन पुर्वधार विकास गर्ने, बाँदर नियन्त्रण देखि एक घर एक धारा कार्यक्रम लागु गर्ने, मेयर रोजगार कार्यक्रम, लक्ष्मीपुर सांस्कृतिक संग्राहलय स्थापना, १४ वटै वडासम्म पुग्ने मोटरबाटो पिच, कृषि उपज संकलन केन्द्रको विस्तार र संजालिकरण, शैक्षिक सम्मेलन, वैदिक सम्मेलन, होमस्टे सञ्चालन, जातजाती बीच विकासमा समावेशीकरण, फोहर मैला व्यवस्थान केन्द्रको स्थापना, कच्चा पदार्थको उद्योग सञ्चालन गरिने लगायतका महत्वपूर्ण कार्यक्रमहरु अगाडी सारिएको छ ।

रेसुङ्गा बहुमुखी क्याम्पस सहित शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम अगाडी सारिएको छ । स्वास्थ्यमा विपन्न वर्गको सहज पहँच, झण्झटिलो प्रशासनिकक सेवालाई छिटो छरिटो र सहज बनाउने , जन्म र मृत्यु दर्ता प्रमाण पत्र जनताको घर दैलोमा पुराउने लगायतका नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

भौतिक विकास तर्फ राष्ट्रिय राजमार्ग संग जोड्ने सहायक राजमार्गको रुपमा पटौटी–दुर्गाफाँट–खज्र्याङ्ग–राङ्गवास सिमिचौर–तम्घास सडका लाई पिच गर्न बिशेष पहल गरिने भएको छ । रेसुुङ्गा नगरपालिकाको समग्र विकासका लागि लगानी बृद्धि गर्न सर्वपक्षिय लगानी सम्मेलन गरिने उल्लेख छ ।

पिउने पानीको शुद्धिकरण, एक वडा एक पर्यटकिय स्थल, विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको सम्वद्र्धन र विकास, विभिन्न सडकहरुको स्तरोन्नती गरिने, एक वडा एक गौरवको योजनालाई निरन्तर लगायत थुप्रै उत्साह जनक कार्यक्रम समावेश गरिएको छ ।

त्यस्तै नगरपालिकाभित्र रहेका शिक्षित युवा–युवतीहरुलाई देशको प्रशासनिक सेवामा प्रवेश गर्न उत्प्ररित गर्दै सेवा प्रवेशका लागि आवश्यकताको आधारमा लोक सेवा आयोगको पाठ्यक्रम अनुसार तयारी कक्षा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?