राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षमा जोशी

Read Time = 1 min

हेटौंडा ।राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाउनुभएको छ । धनगढीमा जारी सुदुरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो ।

पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिनुभयो । जिम्मेवारी प्राप्त जोशी हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो। उहाँ विद्यार्थीकाल देखिनै राजनीतिमा संलग्न हुनुहुन्थ्यो भने प्रदेश कोषाध्यक्षको समेत जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि जोशीले सुदुरपश्चिम प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?