नव-नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

Read Time = 1 min

काठमाडौं । नेपालका लागि नव-नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव काठमाडौं आइपुग्नुभएको छ ।

शनिवार अपरान्ह काठमाडौँ ओर्लनु भएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपाल स्थित भारतीय दूतावासले बताएको छ । काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नु भएको बताइएको छ ।
साथै उहाँले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको पनि अनुभव छ ।

राजदूत श्रीवास्तवले राष्ट्रपति बिद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए पछि औपचारिक जिम्मेवारी सम्हाल्नु हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?