काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीमा सिफारिस गरिएका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीले मन्त्रीमा सिफारिस गरेका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । एकीकृत समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको शपथमा ढिलाइ भए अपमानका रूपमा बुझिने बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो ।
वर्तमान सत्ता गठबन्धनको निरन्तरतामा जोड दिँदै पारस्परिक लाभका आधारमा अरू दलसँग सहकार्यका निम्ति गठबन्धन गर्न पार्टी तयार रहेको उहाँले बताउनु भयो ।
बैठकमा आम निर्वाचनको तयारी गर्नेलगायत विषय समेटिएको राजनीतिक प्रतिवदेनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रूपमा छलफल हुने खतिवडाले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच