चेस ओलम्पियाडका लागि खेलाडी छनोट

Read Time = 1 min

काठमाडौं । चेस ओलम्पियाडको ४४ औं संस्करणमा सहभागी हुने नेपाली खेलाडीको टुंगो लागेको छ ।

शनीबार काठमाडौंमा सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन् ।

मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई र शीर्ष बरियताका विवेक थीङ स्वतः छनोट भइसकेका छन् ।

यसैगरी, महिला तर्फ कृत्तीसरा अधिकारी, अनिसा न्यौपाने, विनीता कपाली र शान्ति धिमाल छनोट भए ।

कृत्तीसराले ५.५ , अनिसा र विनीताले ५ तथा शान्तिले ४.५ अंक हात पारे । राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरियताकी सुना लोहनी स्वतः छनोट भएकी छिन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?