कृत्तिसरा र मिलन चेस ओलम्पियाडमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । डाइनामिक चेस एकेडेमीकी कृत्तिसरा अधिकारी भारतमा आयोजना हुने ४४औँ चेस ओलम्पियाडमा छनोट हुनुभएको छ । भारतमा आयोजना हुने प्रतियोगिताका लागि काठमाडांैमा जारी छनोट खेलमा कृत्तिसराले ६ चरणको समाप्तिमा पाँच अंक जोड्नुभएको छ ।

नेपालकी राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी यसअघि नै छनोट भइसक्नुभएको छ । कृत्तिसराले बिनिता कपाली र पुनम प्रसाईंलाई पराजित गर्नुभयो ।

छनोट चरणमा बाँकी तीन स्थानमा अनिशा न्यौपाने, बिनिता कपाली, शान्ति धिमाल, सिन्दिरा जोशी र खुस्बु थापाबीच तीव्र प्रतिस्पर्धा छ । अनिशाको चार दशमलब पाँच अंक छ भने भने बिनिताको चार अंक छ । शान्ति, सिन्दिरा र खुस्बुको तीन दशमलब पाँच अंक छ । पूजा भण्डारीको तीन अंक छ ।

एक दिनअगाडिसम्म अग्रता लिएकी अनिशाले शुक्रबार शान्तिसँग हारको सामना गर्नुभयो भने सिन्दिरासँग बराबरी गर्नुभयो । बिनिताले छैटाँै चरणमा शान्तिलाई हराउँदै सम्भावनालाई बलियो बनाउनुभएको हो ।

पुरुषतर्फ मिलन लामा छनोट हुनुभएको छ । मिलनले पनि ६ चरणको समाप्तिमा पाँच अंक बटुल्नुभयो । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष वरीयताका खेलाडी विवेक थिङ यसअघि नै छनोट भइसक्नुभएको छ । रूपेश जयसवालको ३.५ अंक छ । मिलनले शुक्रबार पाँचौँ चरणमा सुरवीर लामासँग बराबरी गर्नुभयो भने साताँै चरणमा रूपेशलाई हराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?