हिटाकर्मी कृष्ण र गोपीलाई पत्रकारिता सम्मान

Read Time = 3 mins

काठमाडौं । हिमालय टाइम्सकर्मी कृष्ण भुसाल र गोपीकृष्ण चापागाईंलाई पत्रकारिता सम्मान प्रदान गरिएको छ । संघीय राजधानीको चावहिलस्थित चलचित्र विकास बोर्डमा शनिबार सम्पन्न भएको राष्ट्रिय बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९मा कर्मीद्वयलाई सम्मान गरिएको हो ।

उहाँहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान पत्र, खादा र फूलमालालले सम्मान गर्नुभएको थियो । सो अवसरमा वर्षको गीतसंगीत पत्रकारिता पुरस्कारतर्फ सञ्चारकर्मी कुमार आचार्यलाई नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो भने मनिष अञ्जानलाई बक्स अफिस संगीत पत्रकारिताबाट सम्मान प्रदान गरिएको थियो ।

गीत संगीतका थुप्रै सिर्जना र व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको समारोहमा वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठ, वरिष्ठ गायिका ज्ञानु राणा, भारती उपाध्याय, वरिष्ठ निर्देशक तुलसी घिमिरे, चलचित्र विकास बोर्डका निर्वतमान अध्यक्ष दायाराम दाहाल, वरिष्ठ गायिका मञ्जु थापालगायतलाई विशेष सम्मान गरिएको थियो ।

वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, कलाकार संघका अध्यक्ष रविन्द्र खड्कालगायत अतिथिले गीत संगीतका स्रष्टाहरूलाई अवार्ड प्रदान गर्नुभएको थियो । गीतसंगीतका स्रष्टालाई अवार्ड प्रदान गर्नुभएको थियो ।

गीतसंगीतका सर्जकहरूलाई उहाँहरूको कार्यको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आवार्डलाई निरन्तरता दिएको बक्स अफिस अवार्डका अध्यक्ष आरके सुवेदीले बताउनुभयो । उहाँले अन्य अवार्ड र कार्यक्रमका बारेमा पनि सो अवसरमा जानकारी गराउनुभएको थियो । अवार्ड समारोहमा गीतसंगीतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो भने विभिन्न व्यक्तित्वलाई आजीवन सदस्यस्ता सम्मान पनि प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?