खाबी टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति

Read Time = 1 min

एजेन्सी । कमेडियन खाबी लामे टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति बन्नुभएको छ । उहाँ १४३ मिलियनभन्दा बढी फलोअर्स बटुल्दै टिकटकमा सबैभन्दा लोकप्रिय बन्नुभएको हो ।

यसअघि चार्ली डी’मिलियो टिकटकमा धेरै फलोअर्स हुने व्यक्तिको सूचीको पहिलो नम्बरमा हुनुहुन्थ्यो । उहाँको रेकर्डलाई २२ वर्षीय लामेले ‘ब्रेक’ गर्नुभएको हो । लामेले टिकटकमा कमेडी भिडियोहरू पोष्ट गर्नुहुन्छ । भिडियोहरूमा उहाँले आवाज बिननै शारीरिक हाउभाउले प्रस्तुति दिने गर्नुहुन्छ । मौन रहेर अभिव्यक्त हुने उहाँको ‘रियाक्सन’ले नै उहाँलाई टिकटकमा सबैभन्दा लोकप्रिय बनाइदियो ।

अफ्रिकी राष्ट्र सेनेगलमा जन्मिनु भएका लामे हाल इटालीमा बस्ने गर्नुहुन्छ । उहाँ इटालीमा कामदारको रूपमा काम गर्नुहुन्थ्यो । तर, सन् २०२० को कोरोना महामारीसँगै उहाँले जागिर गुमाउन बाध्य हुनुभयो । जागिर गुमाएपछि उहाँले टिकटकमा भिडियोहरू पोष्ट गर्न थाल्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?