काठमाडौं । नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा निर्वाचन अधिकृत गोकुल बुर्लाकोटीले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको हो ।
बिदाइ तथा स्वागत कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष सन्तवीर लामाले आफ्नो कार्यभार नवनिर्वाचित अध्यक्ष निमानुरु शेर्पालाई हस्तान्तरण गर्नुभयो भने निवर्तमान महासचिव कुलबहादुर गुरूङले नवनिर्वाचित महासचिव मोहन लम्साललाई पदभार हस्तान्तरण गर्नुभयो ।
संघको सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित हुनुभएको थियो भने सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पीताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नामग्याल जाङ्बु शेर्पा, पासाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित अध्यक्ष शेर्पाले पर्वतीय पर्यटनलाई सरकारले आम्दानीको स्रोतका रूपमा लिए पनि प्रवद्र्धनामा चासो नदिएको गुनानो गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको