धान दिवसका अवसरमा खेतीपाती उत्सव

Read Time = 2 mins

काठमाडौं । १९औँ धान दिवसका अवसरमा रैथाने बाली अभियानकर्मीले विभिन्न सचेतनामूलक कार्यक्रमसहित खेतीपाती उत्सव आयोजना गरेका छन् । माटो तथा रैथाने बाली जोगाउने अभियानकर्मी, खाद्यका लागि कृषि अभियान तथा सम्बद्ध संस्थाको संयुक्त आयोजनामा काठमाडौंको तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा समग्र खेतीपाती र सबै खाद्य बालीको महत्व, वर्तमान कृषिको अवस्था, कृषिमा पर्यावरण, माटोको महत्वबारेमा विमर्श गर्दै खेतीपाती उत्सव सम्पन्न भएको हो । सहभागी अभियन्ताहरू विष फलाउन पाइँदैन, रसायन विषादी चाहिँदैन, सम्पूर्ण खेतीपातीको उत्सव मनाऔँ भन्ने नारासहित रोपाइँ कार्यक्रममा सहभागी भएका थिए ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले हाम्रो नीति र अहिलेको कृषिले धानलाई मात्रै महत्व दिँदा अन्य खाद्यान्न बाली छायाँमा पर्दै गएको बताउनुभएको छ । सम्पूर्ण खाद्यान्न बालीका प्रजातिको महत्व समान रहेको भन्दै उहाँले माटोसहित सबै रैथाने बालीको पनि जगेर्नाका लागि खेतीपाती उत्सव मनाउनुपर्ने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?