तोरीबारीमा सिटिजन्सको शाखारहित सेवा

Read Time = 1 min

उदयपुर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिका-७ तोरीबारीमा ९५औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । शाखारहित सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने बैंकको अपेक्षा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?