शाहरुख अभिनित पठानको नयाँ लुक सार्वजनिक, प्रशंसकको तारिफ

Read Time = 2 mins

मुम्बई । किंग खानको नामले चर्चित भारतीय सुपरस्टार शाहरुख खानको आउँदा चलचित्र ‘पठान’को फर्स्ट लुक सार्वजनिक गरिएको छ । उक्त फर्स्ट लुकसँगै बलिउडमा उनको चर्चा एक पटक फेरि शुरु भएको छ ।

शाहरुख खान ‘पठान’ मा भारतीय एजेन्टको भूमिकामा छन् । उनको फर्स्ट लुक सार्वजनिक भएसँगै समर्थकहरूले सकारात्मक प्रतिकृया दिएका छन् । किनभने लामो समयदेखि शाहरुखले कुनै पनि सुपरहिट चलचित्र दिएका छैनन् । त्यसैले पनि यो चलचित्रले शाहरुखको आउँदा क्यारियरलाई तय गर्नेछ ।

यस्तो लुस्कमा शाहरुखलाई पहिला देखिएको थिएन । किंग खानले सामाजिक सञ्जालमा आफ्नो मोसन पोस्टर सेयर गरेका हुन् ।

शाहरुख खानको फिल्म ‘पठान’ को फ्यानहरू उत्सुकताका साथ पर्खिरहेका छन् । लामो समयदेखि जताततै ‘पठान’ को चर्चा चलिरहेको छ ।

तर, शाहरुखसँगै अन्य कलाकारको लुक भने सार्वजनिक गरिएको छैन । यसैबीच, शाहरुखले बलिउडमा ३० वर्ष पूरा गरेका छन् । यो खुशीको दिनमा किङ खानले आफ्नो ‘पठान’ को लुक सार्वजनिक गरेका हुन् ।

शाहरुखको लुक आएसँगै ट्वीटरमा उनको नाम ट्रेन्डिङ हुन थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?