रविभवनमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Read Time = 1 min
A A- A+

काठमाडौं । काठमाण्डौको रविभवनमा हिजो बेलुका भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा ४ ख ४१४१ नम्बरको बसमा सोही दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश ०२-०३० प ६५६२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

त्यसपछि अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ४२७२ नम्बरको अर्को बसमा मोटरसाइकल पुनः ठोकिएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी ७ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका-७ का ३१ वर्षीय राजु दुतराजको उपचारका क्रममा शहिद मेमोरियल अस्पताल कलंकीमा गएको मध्यराती मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न दुबै बसका चालकलाई प्रहरी बृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?