Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

स्थगित भएको हेटौंडाको नगरसभा आज हुदै

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

हेटौंडा । आवश्यक गणपुरक संख्या नपुगेपछि शुक्रबार स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा आइतबार हुँदै छ । नगरसभामा बहुमत रहेको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेपछि शुक्रबारको लागि तोकिएको नगरसभा आइतबार गर्ने गरी स्थगित भएको थियो ।

एमालेबाट निर्वाचित नगरसभा सदस्य शुक्रबार सभास्थलमा उपस्थित भएर पनि हस्ताक्षर नगरी बाहिरै बसेका थिए । आइतबार दिउँसो १ बजेका लागि सभा बोलाइएको छ । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै हेटौंडाको पहिलो कार्यपालिका बैठकदेखि नै सत्तारुढ गठबन्धनबाट निर्वाचित नेकपा (एस)की नेतृ मेयर मीनाकुमारी लामालाई असहयोग गर्दै आएको छ । एमालेले बैठक सञ्चालन कार्यविधि-२०७४ को १५ (२) र १५ (३) मा रहेको व्यवस्थालाई संशोधन गर्नुपर्ने माग राख्दै आएको छ ।

एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोध गरेको हो । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेको मात्रै ५४ जना रहेका छन् । नेकपा एमालेले राखेको मागलाई कुनै सम्बोधन नगरी पेलेर नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।

यता हेटौंडा उपमहानगरपालिकाका मेयर लामाले जनताको हितमा भन्दा पनि मेयरको अधिकार कटौतीमै एमाले केन्द्रीत हुँदा समस्या बढेको प्रतिक्रिया दिँदै आइतबारको नगरसभामा सहभागी हुन सबैलाई अनुरोध गर्नुभएको छ । । आफूहरु हेटौंडालाई समृद्ध बनाउन आएको भन्दै उहाँलेले हेटौंडाको विकास र हितका लागि सोही अनुसारको निर्णयसहित नीति र कार्यक्रम पास गरेर अघि बढ्न अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?